PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

दिवंगत पिताको सम्झनामा सुगम पोखरेलले ल्याए ‘बुवा’



पहिलोपोस्ट

दिवंगत पिताको सम्झनामा सुगम पोखरेलले ल्याए ‘बुवा’

गायक सुगम पोखरेलका पिताको साउन १० गते निधन भयो। निधन हुनुअघि उनले ‘बुवा’ बोलको गीतको तयारी गरिरहेका थिए। उक्त गीत आफ्ना पितालाई सुनाउने इच्छा थियो। किनकि गीत बुवा र छोरा सम्बन्धमा आधारित थियो। अझ भनौ यो सुगम र उनका पिताकै कथा थियो। तर, उनको गीत तयार हुनुअघि नै पिताले संसार छोडे।

पिताले नसुनेरै गए पनि सुगमले आफ्ना पितासहित समस्त बुवालाई गीत समर्पित गरेका छन्। बुवालाई सुनाउन नपाएकोमा दु:ख ब्यक्त गरेका छन्। ‘भौतिक रूपमा बुवा अहिले हामी माझ नभएपनि उहाँको शिक्षा-दिक्षा, सोच, सपना अनि आशिर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैं गर्नेछु,’ सामाजिक संजालमा गीत सार्वजनिक गर्दै सुगमले भनेका छन्।

सुगमका अनुसार यो गीतले एउटा पिताको चित्रण गर्छ। जुन रुप, सोचाइ, भोगाई, आचरण, ब्यक्तित्व सम्भवत हरेकका बा वा बुवाको आकृतिमा पाउन/देख्न सकिन्छ।

नजिँकिदै गरेको कुशे औशी (बुबा को मुख हेर्ने दिन)को अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यो गीत सार्वजनिक गरेका हुन्।

गीतमा सुगमको आफ्नै रचना तथा संगीत रहेको छ। गीतको संगीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन्। गीतको भिडियो विकेश मगरले बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell