भक्तपुर : आजदेखि थिमि ठप्प छ। कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेअनुसार आजदेखि भदौ ९ गतेसम्मका लागि थिमि लकडाउनकै अवस्थामा फर्केको छ।
थिमिमा अति आवश्यक सामग्रीका पसल पनि दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ। अति आवश्यक पसलमा खाद्यान्न, पानि, ग्यास र औषधि पसललाई मात्र तोकिएको छ।
थिमि नगरपालिकाभित्र सार्वजनिक सवारी बन्द गरिएको छ भने अरनिको राजमार्ग अन्तर्गत हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म सार्वजनिक यातायात रोक्न, ओराल्न र यात्रु चढाउन निषेध गरिएको छ। तर, यो प्रावधानको उल्लंघन गर्नेहरु धेरै देखिन्छन्।
तर, बजार भने सुनसान रहेको छ। कोरोनाको कहरका कारण ९ गतेसम्म थिमिको हालत यस्तै राख्न नगरपालिकाले निर्देशन जारी गरिसकेको छ।