PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

माधव-झलनाथको माग सम्बोधन गर्दै ओलीले बोलाए सचिवालय बैठक



पहिलोपोस्ट

माधव-झलनाथको माग सम्बोधन गर्दै ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक सोमवार बिहान साढे नौ बजेका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा बैठक बोलाइएको हो। 

शुक्रवार भएको अध्यक्षद्वय ओली र प्रचण्डको भेटले पार्टीको विवाद सुल्झाउनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदललाई सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने माग शीर्ष नेताहरुले राखेका थिए।

शनिवार अध्यक्ष प्रचण्डलाई भेटेर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न माग गरेका थिए। बैठकबाट कार्यदल अनुमोदन गर्नुपर्ने माधव-झलनाथको माग सम्बोधन गर्न बैठक बोलाइएको हो। 

यसअघि नेकपाको सचिवालय बैठक साउन ३ गते बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell