PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सन्यासको घोषणापछि सन् २०२४ मा चुनाव लड्न धोनीलाई बिजेपी नेताको अफर



पहिलोपोस्ट

सन्यासको घोषणापछि सन् २०२४ मा चुनाव लड्न धोनीलाई बिजेपी नेताको अफर

महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसँगै उनलाई सन् २०२४ को चुनाव लड्ने अफर आएको छ। शनिवार सन्यासको घोषणा गरेका धोनीलाई भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद सुब्रमण्यम स्वामीले चुनाव लड्न सुझाव दिएका हुन्।

सन्यासपछि धोनीले के गर्लान भन्ने चर्चा चलिरहँदा उनलाई चुनाव लड्ने प्रस्ताव आएको हो। स्वामीले ट्वीट गर्दै धोनीले क्रिकेटबाट सन्यास लिएको तर अरुतिरबाट नलिएको भन्दै उनको नेतृत्वको तारिफ समेत गरेका छन्।

'एमएस धोनीले क्रिकेटबाट सन्यास लिएका हुन् अरु कुनै कुराबाट होइन। समस्याहरुसँग लड्ने उनको प्रतिभा र एउटा टिमको नेतृत्व गर्न उनले जुन क्षमता देखाएका छन् त्यसको सार्वजनिक जीवनमा धेरै महत्व छ,' सुब्रमन्यम स्वामीले लेखेका छन्, 'उनले सन् २०२४ को लोकसभा चुनाव लड्नु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell