PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

विराटनगर महानगरपालिकाका एक कर्मचारीसहित ४३ संक्रमित थपिए



पहिलोपोस्ट

विराटनगर महानगरपालिकाका एक कर्मचारीसहित ४३ संक्रमित थपिए

विराटनगर : विराटनगर महानगरपालिकामा ४३ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ।

महानगरपालिकाकै एक कर्मचारीसहित १९ महिला र २४ पुरुष थपिएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टीमका राजेन्द्र कुइँकेलले जानकारी दिए।

कोशी अस्पताल प्रयोशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

कुइँकेलका अनुसार थपिएका संक्रमित सबैभन्दा कम उमेरकी ५ वर्षीया बालिकादेखि ६३ वर्षसम्मका लाई संक्रमण देखिएको छ।

आज सबैभन्दा धेरै वडा नम्बर ६ र ११ मा ७/७ जना संक्रमित थपिएका छन्। त्यस्तै ३ र ९ नम्बर वडाका ६/६ जनार १५ नम्बर वडाका ५ जनामा पनि संक्रमण देखिएको छ।

त्यसैगरी २ र ५ नम्बरका ४/४ जना, ४ नम्बर वडाका ३ जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको छ।

आज संक्रमण देखिएकाहरुको गत २७ र २८ गते स्वाब संकलन गरेर कोशी अस्पताल प्रयोगशाला पठाइएको थियो। ‘नयाँ देखिएका संक्रमितहरु अधिकांश पुराना संक्रमितका कन्ट्र्याक्ट ट्रेसिङबाट परेका छन्,’ कुइँकेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell