काठमाडौः कीर्तिपुरको बल्खु खोलामा शव फेला परेको छ।
अन्दाजी ४५ वर्षीय पुरुषको शव कीर्तिपुर नगरपालिका वडा नम्वर २ स्थित तीनथानाको खोलाको पुलमुनि आइतवार बिहान शव भेटिएको हो।
'स्थानीयले खबर गरेपछि हाम्रो टोली घटनास्थल पुगेको हो। अहिलेसम्म कसको शव हो भन्ने सनाखत हुन सकेको छैन,' महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले भने।
कालो रंगको टिसर्ट र हाफ पाइन्ट लगाएको पुरुषको शव भेटिएको हो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगेको छ।
शव खोलाले बगाएर ल्याएको हो वा हत्या गरी फ्यालिएको भन्ने खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
साउन २० गते तीनकुनेस्थित वाग्मती खोलाको किनारमा बेवारिसे शव फेला परेको थियो। खोलामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको थियो।
