PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मृतक महिलाको रिपोर्ट 'नेगेटिभ' तर पनि शव व्यवस्थापनमा नेपाली सेना !



अनन्तराज न्यौपाने

मृतक महिलाको रिपोर्ट 'नेगेटिभ' तर पनि शव व्यवस्थापनमा नेपाली सेना !

विराटनगर : कोरोना सङ्क्रमणका डरले मलामी जान कोही छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय वृद्धाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ।

विराटनगर महानगरपालिका वडा नं. ३ की एक मृतक वृद्धामा कोरोना सङ्क्रमण छैन। तर, उनका छोरा, बुहारी र नातिको रिपोर्ट पोजिटिभ आएको छ। यसको डरले कुनै छिमेकी आएर लाश नउठाएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएको हो।

वडा नम्बर ३ का वडाध्यक्ष विनोद बस्नेतका अनुसार सङ्क्रमित छोरा धनकुटाको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन्। अर्का छोरा र बुहारी १० दिनअघि आमा भेट्न काठमाडौंबाट विराटनगर आएका थिए। उनीहरू ३ दिनअघि काठमाडौं फर्किएका छन्। उनीहरूलाई पनि ज्वरो आएको खबर छ। कोभिड परीक्षणका लागि स्वाब दिएका छन् उनीहरुले पनि।

महिलाको मृत्यु शनिवार राति भएको हो। उनी मुटु र थाइराइडको रोगबाट ग्रस्त थिइन्। आइतवार ३ बजेसम्म पनि उनको शव ओछ्यानमै छ।

एक छोरा, बुहारी र नाति महानगरको आइसोलेसनमा छन्। अर्का एक नाति दाँतका डाक्टर हुन्।

मृतक महिलामा स्वाशप्रश्वास र ज्वरोको समस्या भए पनि उनको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष बस्नेतले बताए। यही श्वासप्रश्वास र ज्वरोका कारण उनको मलामी जान कोही नआएका हुन्।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार घरका सबैजसो सङ्क्रमित भएपछि शवको जिम्मा नेपाली सेनालाई दिन लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell