PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गण्डकीमा थप १४ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

गण्डकीमा थप १४ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप  १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमण पुष्टि भएको संख्या एक हजार ७३५ पुगेको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पाँच महिला र सात पुरुष छन्।

त्यस्तै क्षयरोग उपचार केन्द्रमै भएको परीक्षणका क्रममा स्याङ्जा पुतलीबजार गरपालिकाका २ महिलामा पनि संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell