PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

दिनदिनै बढ्दो संक्रमण : ६ सय ४१ जनामा देखियो कोरोना, दुई संक्रमितको मृत्यु



पहिलोपोस्ट

दिनदिनै बढ्दो संक्रमण : ६ सय ४१ जनामा देखियो कोरोना, दुई संक्रमितको मृत्यु

काठमाडौं: आइतवार ६ सय ४१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

१२ हजार २ सय ६७ जनाको पीसीआर परीक्षणमा ६ सय ४१ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै संक्रमित संख्या २६ हजार ६ सय ६० जना पुगेको छ। डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ।

आइतवार २ जना संक्रमितको मृत्यु भएको छ। जम्मा मृतक संख्या १ सय ४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell