PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझियामा आज दिउँसो करिब २ बजेको समयमा कमला प्रोजेक्ट बिल्डिङ नजिकै ना ४७ प २१२४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सबैला नगरपालिका १३ का अन्दाजी २५ बर्षिय सुरेन्द्र दनुवार (अधिकारी) को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell