काठमाडौं: आइतवार ६ सय ४१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।
१२ हजार २ सय ६७ जनाको पीसीआर परीक्षणमा ६ सय ४१ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित देखिएका मध्ये १ सय ७२ जना काठमाडौं उपत्यकाभित्रका रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र संक्रमण दर बढ्दो रहेको छ। काठमाडौं जिल्लामा अहिले पनि ५ सयभन्दा बढी एक्टिभ केस रहेका छन्।
यससँगै संक्रमित संख्या २६ हजार ६ सय ६० जना पुगेको छ। डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ।
आइतवार २ जना संक्रमितको मृत्यु भएको छ। जम्मा मृतक संख्या १ सय ४ पुगेको छ।
