काठमाडौं: आइतवार काठमाडौं उपत्यकाभित्र १ सय ७२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।
काठमाडौं जिल्लामा अहिले पनि ५ सयभन्दा बढी संक्रमित विरामी रहेका छन्। काठमाडौं लगायत पाँच जिल्लामा पाँच सय एक्टिभ केस रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। काठमाडौंसहित मोरङ, पर्सा, रौतहट र महोत्तरीमा ५ सय विरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए।
देशका पाँच जिल्लामा भने अहिले कोरोना संक्रमित विरामी छैनन्। जसमा सङ्खुवासभा, मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा रहेका छन्।
आज थपिएका संक्रमितको संख्यासहित देशभर २६ हजार ६ सय ६० जनामा कोरोना पोजेटिभ देखिसकेको छ। जसमा १७ हजार ३ सय ३५ जना उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन्।
आइतवार २ जना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ।
