PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

विराटनगरका ८६ सहित प्रदेश १ मा एक सय ३ संक्रमित थपिए



पहिलोपोस्ट

विराटनगरका ८६ सहित प्रदेश १ मा एक सय ३ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा आज १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। जसमा ३४ महिला र ६९ पुरुष संक्रमित रहेका छन्।

मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा मात्र आज ८६ जनामा कोरोनो पुष्टि भएको छ। संक्रमितहरु ३२ महिला र ५४ पुरुष रहेका छन्।

त्यस्तै बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ। प्रदेश १ मा आज १३ सय ६५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell