PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

फेसबुकबाट चिनजान, प्रलोभन देखाएर कलंकीको होटलमा जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ



पहिलोपोस्ट

फेसबुकबाट चिनजान, प्रलोभन देखाएर कलंकीको होटलमा जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

काठमाडौं : जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो।

फेसबुकमार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सबिनलाई कीर्तिपुरबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell