PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपाल-बंगलादेशबीच विकास र समृद्धिका लागि सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

नेपाल-बंगलादेशबीच विकास र समृद्धिका लागि सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बंगलादेशबीच विकास र समृद्धिका लागि सहकार्य हुनुपर्ने बताएकी छन्।

शिष्टाचार बिदाइ भेटका आइतवार शीतल निवास आएकी नेपालका लागि बङ्‌गलादेशका राजदूत मास्फि बिन्टे श्याम्स्सँगको भेटका क्रममा राष्ट्रपति भण्डारीले दुबै देशबीच सहकार्यमा जोड दिएकी हुन्।

नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने उनको भनाई थियो।

राष्ट्रपति भण्डारीले एक छिमेकी मित्र राष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधै उच्‍च महत्‍व दिएको पनि बताइन्।

राष्ट्रपति भण्डारीले राजदूत श्याम्श्लाई कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

यही वर्ष बंगलादेशका राष्ट्रपिता बंगबन्धुको सयौं वार्षिकोत्सव भएकोले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई बधाई तथा शुभकामना पनि दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell