काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।
आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाइएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।
यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।
