PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निर्धन उत्थान लघुवित्तद्वारा कोरोना उपचार कोषमा १ करोड ३१ लाख ५८ हजार जम्मा



पहिलोपोस्ट

निर्धन उत्थान लघुवित्तद्वारा कोरोना उपचार कोषमा १ करोड ३१ लाख ५८ हजार जम्मा

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ३ लाख ५८ हजार ४ सय ४९ रूपैयाँ जम्मा गरेको छ।

कोभिड–१९ को संक्रमण बढिरहेको आपतकालीन अवस्थामा कोभिड १९ संक्रमित नागरिकको जिउधनको सुरक्षा गर्न सहयोग पुर्‍याउनको लागि उक्त आर्थिक सहयोग कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।

उक्त सहयोगले संक्रमित व्यक्तिले समयमा नै सरल र सहज रूपमा उपचार पाई जिउधनको सुरक्षा हुनुका साथै संक्रमण रोकथाम तथा उपचारका लागि सघाउ पुग्ने संस्थाको विश्वास छ।

संस्थाले यसअघि प्रदेशका कोरोना कोषमा पनि प्रतिप्रदेश ४/४ लाखका दरले २८ लाख जम्मा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell