PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

चिकित्सकमा कोभिड-१९ को संक्रमण देखिएपछि भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द



पहिलोपोस्ट

चिकित्सकमा कोभिड-१९ को संक्रमण देखिएपछि भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं : भरतपुर अस्पतालका केहि चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।

अस्पताल प्रशासनले सम्पूर्ण कर्मचारी, भर्ना भएका बिरामी तथा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्नुपर्ने तथा अस्पतालको निर्मलीकरण गर्न आज साँझ ७ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द गरिएको जनाएको छ।

अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकिकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने जनाएको छ। सञ्चालनमा रहेको आइसीयू र मातृशिशु सेवाको हकमा हाल उपचारमा रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिने छ।

आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पताल प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell