PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

रौतहटका ३२ वर्षीय क्षयरोगीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ



राधेश्याम पटेल

रौतहटका ३२ वर्षीय क्षयरोगीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

वीरगंज : वीरगंजमा एक जना रौतहटका ३२ वर्षीय युवकको मृत्यु पश्चात कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

नारायणी अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनको मृत्यु कोभिड १९ संक्रमणबाट भएको पुष्टि भएको हो। उनको मृत्यु शनिवार राति ८ बजे उपचारको क्रममा नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको थियो।

उनको ठेगाना हाल खुल्न सकेको छैन। क्षयरोगी युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिवार अपरान्ह ४ बजे एम्बुलेन्सबाट नारायणी अस्पतालमा ल्याइएको थियो।

‘क्षयरोगी युवकलाई सिकिस्त अवस्थामा अस्पताल ल्याइएको थियो, उनको श्वासप्रश्वासमा समस्या आएपछि नारायणीको आस्मिक कक्षमै उपचार भइरहेको थियो, राति आठ बजे मृत्यु भएको हो,’ नारायणी अस्पतालका एक चिकित्सकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell