PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

गृहमन्त्री थापाको तस्विर जलाउने दुई युवक पक्राउ, पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग



पहिलोपोस्ट

गृहमन्त्री थापाको तस्विर जलाउने दुई युवक पक्राउ, पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग

जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएको आरोपमा दुई युवकलाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेश यादव र सुनिल साह रहेका छन्।

धनुषाका पत्रकार सन्तोष यादवलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको भन्दै जनकपुरको भानु चौकमा युवाहरुले प्रशासनविरुद्ध नाराबाजी गर्दै गृहमन्त्री थापाको तस्विर जलाएका थिए। सोही क्रममा यादव र साहलाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय लगेको युवा रुपेश यादवले जानकारी दिए।

उनी दुबै जनालाई अबिलम्ब रिहा गर्न युवाहरुले माग गरेका छन्। शान्तिपूर्ण तरिकाले सामाजिक दुरी कायम गरेर आन्दोलन गर्दा प्रहरीले दमनमा उत्रेको उनीहरुको आरोप छ।

जनकपुरस्थित नव जीवन अस्पतालको लापरवाहीले बिहीवार राति मृत्यु भएकी महिलाको शव शुक्रवार राति प्रहरीले बल प्रयोग गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो। उक्त घटनाको तस्विर खिच्न खोज्दा थाहा खबरका जिल्ला सम्वाददाता यादव र टुडेखोज डटकमका पत्रकार सिवेन्द्र रोहितालाई प्रहरीले घेरा हालेर कुटपिट गरेको थियो।

पत्रकारमाथि कुटपिट घटनाप्रति धनुषामा सञ्चारकर्मीले पनि विरोध जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell