PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

माइतीबाट फर्किँदै गर्दा तीन छोराछोरीसहित एक महिलाको खोलामा बगेर मृत्यु



एम बम

माइतीबाट फर्किँदै गर्दा तीन छोराछोरीसहित एक महिलाको खोलामा बगेर मृत्यु

कैलाली : कालिकोटमा खोलाले बगाउँदा अछामका ४ जनाको मृत्यु भएको छ। अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ तानकोट घर भएकी ३३ वर्षीया देवा बोहरा, उनका छोरीहरु १४ वर्षीया बिपनाबोहरा र १ वर्षीया आकृति बोहरा तथा ७ वर्षीय छोरा हेमन्त बोहराको बगेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

‘तीन छोराछोरीसहित कालिकोटको नरहरीनाथ गाउँपालिका ७ माइती घर गएकी बोहरा शनिवार उत्शव खोलामा बगेर बेपत्ता भएकी थिइन्’, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्र सिहं थापाले भने, ‘शनिवार साढे ५ बजेतिर बगेका उनीहरुको आइतवार दिउँसो साढे २ बजेतिर बगेको ठाउँबाट एक÷ढेड सय मिटर आसपासमा शव फेला परेको हो।’

चारै जनाको शव अछाम ल्याएर मृतक बोहराका श्रीमान लालबहादुर बोहरालाई बुझाइसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell