PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया युरोपा लिगको फाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया युरोपा लिगको फाइनलमा

युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया फाइनलमा प्रवेश गरेको छ। युनाइटेडको अग्रतालाई तोड्दै २-१ को जित निकालेको सेभियाले फाइनलको यात्रा तय गरेको हो।

खेलको नवौं मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो। मार्कस रास्फोर्डलाई डिएगो कार्लोसले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए। तर सेभियाका सुसोले २६ औं मिनेटमा रेगुलिओनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

रोमाञ्चक बनेको खेलमा नाभासको पासमा लुक डी जोङले सेभियाको जितका लागि निर्णायक गोल गरे। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। यो सँगै सेभियाले २-१ ले युनाइटेडमाथि जित निकाल्दै युरोपा लिगको फाइनलको यात्रा तय गरेको हो।

सेभियाले फाइनलमा इन्टर मिलान र सख्तर डोनेट्स्कको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell