PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

न्यूजिल्याण्डमा कोभिड-१९ : नयाँ संक्रमण देखिएपछि सारियो आम निर्वाचन



पहिलोपोस्ट

न्यूजिल्याण्डमा कोभिड-१९ : नयाँ संक्रमण देखिएपछि सारियो आम निर्वाचन
Reuters

न्यूजिल्याण्डमा कोभिड-१९ को नयाँ संक्रमण देखिएसँगै त्यहाँको आम निर्वाचन एक महिनाका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ज्यासिन्डा अर्डनले संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय लिएको घोषणा गरेकी छिन्।

गत बुधवार न्यूजिल्याण्ड संक्रमण मुक्त भएको १ सय २ औं दिन पुन: नयाँ केसहरू पुष्टि भएको थियो। लगत्तै सेप्टेम्बर १९ मा हुन लागेको निर्वाचन एक महिना पछाडि धकेलिएको हो। बीबीसीले जनाए अनुसार अब त्यहाँको आम निर्वाचन अक्टोबर १७ मा हुनेछ।

प्रधानमन्त्रीले सोमवार भनिन्,'राजनीतिक पार्टीहरूले यस असामान्य परिस्थिति बिच योजनाहरू बनाउन पाउनेछन्।'

हाल देशको सबैभन्दा ठूलो शहर अकल्याण्ड ठप्प छ। घरबाहिर कोही निस्कन पाउने छैनन्, ठूला भेला निषेधित छ, अत्यावश्यक व्यवसाय मात्र खुला रहनेछ र सामाजिक दूरी कायम राख्नु पर्ने बताइएको छ।

जोन होप्किन्स विश्वविद्यालयका अनुसार आइतवार मात्र त्यहाँ ४९ जनामा संक्रमण पुष्टि भयो। जससँगै न्यूजिल्याण्डमा संक्रमित संख्या १ हजार ६ सय २२ पुगेको छ। संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell