PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सुशान्त सिंह राजपुतलाई मरणोपरान्त सम्मान, पाउँलान् राष्ट्रिय पुरस्कार?



पहिलोपोस्ट

सुशान्त सिंह राजपुतलाई मरणोपरान्त सम्मान, पाउँलान् राष्ट्रिय पुरस्कार?

क्यालिफोर्नीया राज्य विधान सभाले सुशान्त सिंह राजपुतलाई सम्मान गरेको छ। सिनेमा र समूदायमा उनले पुर्‍याएको योगदानका लागि सम्मान गरिएको बलिउड हंगामाल  जनाएको छ। उनलाई प्राप्त प्रमाण पत्र सुशान्तकी बहिनी श्वेता सिंह क्रितीले सार्वजनिक गरेकी छिन्।

इन्स्टाग्राममा तस्विर सेयर गर्दै श्वेताले लेखेकी छिन् : भारतको स्वतन्त्रता दिवसको अवसरमा क्यालिफोर्नीयाले मेरो दाइ सुशान्तलाई समूदायको हितका लागि योगदान पुर्‍याएको भन्दै कदर गरेको छ। क्यालिफोर्नीया हामीसँग छ। के तपाईं हुनुहुन्छ?

 

सुशान्त जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत्युलाई मुम्बई प्रहरीले आत्महत्या घोषणा गरेको थियो। तर, दुई महिना बित्दा पनि केही बलिउडकर्मी एवं सुशान्तका परिवार घटना माथि आवश्यक र पारदर्शी अनुसन्धानको माग गरिरहेका छन्।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध परिवारले उजुरी दिएको छ।

सुशान्त सिंह राजपुत यस वर्ष राष्ट्रिय पुरस्कारमा समेत सम्मानित गरिने खबर सार्वजनिक छ। भारतको सूचना तथा प्रसारण मन्त्रालयले मरणोपरान्त सम्मान गरिने बताएको हो। लेखिएको छ,'जिउँदो छँदा उसको कामको मूल्याङ्कन भएन। त्यसैले मरणोपरान्त सम्मान गर्न लागिएको हो।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell