PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सीमामा खटिएका एपिएफका खेलाडीमा कोरोना संक्रमण



पहिलोपोस्ट

सीमामा खटिएका एपिएफका खेलाडीमा कोरोना संक्रमण

काठमाडौं : सशस्त्र प्रहरी बलका एक राष्ट्रिय स्तरका खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

सरकारले लकडाउन घोषणा गरेपछि सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीका थप प्रहरी परिचालन गरेको थियो। त्यही क्रममा राष्ट्रिय खेलमा प्रतिनिधि गर्ने खेलाडी समेत ड्युटीमा खटिएका थिए। तराईका जिल्लामा खटिएका मध्ये पछिल्लो समय एक जना खेलाडीमा कोरोना देखिएको हो। 'ड्युटी सकेर काठमाडौं आएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो,' सशस्त्र प्रहरीका एक अधिकृतले भने।

उनीसँगै फर्किएका अन्य टोलीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। लकडाउनको समयमा सशस्त्र प्रहरीले २ सय जना खेलाडीलाई सीमामा खटाइएको थियो। बारा, पर्सा, सिरहा लगात तराईका जिल्लामा उनीहरुलाई खटाइएको हो।

अहिलेसम्म सशस्त्र प्रहरीमा कार्यरत २ सय ४० जना प्रहरीलाई कोरोना देखिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell