PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कालीमाटी वृत्तमा रहेका थुनुवामा कोरोना



पहिलोपोस्ट

कालीमाटी वृत्तमा रहेका थुनुवामा कोरोना

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना देखिएको छ।

करिब एक साताअघि अनलाइन जुवा खेलाएको अभियोगमा थुनामा रहेका एक पुरुषलाई कोरोना देखिएको हो। प्रहरीले पक्राउ गरेका थुनुवालाई अदालतमा म्याद थप गर्न लैजाँदा अनिवार्य कोरोना संक्रममण भए नभएको परीक्षण गर्नुपर्ने हुन्छ। त्यही क्रममा थुनुवामा कोरोना देखिएको हो। 'एक जना प्रहरीमा कोरोना देखिएको हो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

उनीसँगै थुनुमा रहेका अन्य थुनुवाको पनि परीक्षण गरिएको छ। गत जेठको पहिलो साता वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि करिब दुई साता सिल गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell