PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

बारा र पर्सामा मेयर र दुई सुरक्षाकर्मीसहित ८० जना संक्रमित



राधेश्याम पटेल

बारा र पर्सामा मेयर र दुई सुरक्षाकर्मीसहित ८० जना संक्रमित

वीरगंज : बाराका १७ जना र पर्साका ६३ जना गरी कुल ८० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

आइतवार राती नारायणी अस्पताल र काभ्रेको धुलिखेल पीसीआर ल्याबबाट आएको रिपोर्टअनुसार पर्सा र बाराका ८० जनामा संक्रमण देखिएको भएको हो। संक्रमितमा २४ महिला र ५६ पुरुष छन्।

नारायणी अस्पतालको ल्याबबाट एक महिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा निजगढ सशस्त्र क्याम्पका ३५ वर्षीय कर्मचारी, ईप्रका निजगढका ३१ वर्षीय कर्मचारी, कलैया ६ का २७ वर्षीय पुरुष र कलैयाका ३९ वर्षीय पुरुष गरी ४ जना रहेका छन्। त्यसैगरी वीरगंजकी ३८ वर्षीया महिला र पुरुष ६ जना गरी ७ जना रहेका छन्।

काभ्रेको धुलिखेल ल्याबबाट वीरगंज महानगरको त्रिजुद्ध क्वारेन्टाइनका ७ जना महिलासहित २८ जना, पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार, पोखरीया अस्पतालका मेसुसहित डा. अनिल यादव र थप दुई जना अन्य डाक्टर गरी ३३ जनामा संक्रमण पुष्टि भएको छ। एक जना स्टाफ नर्स पनि संक्रमित भएकी छन्।

पोखरीयाका ४ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण साह कानुसहित २५ जना पुरुष छन् भने ८ जना महिला रहेको जनाइएको छ। पोखरीया अस्पतालका अब ७ जना डाक्टरमध्ये ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भइसकेका हु्न्।

त्यसैगरी, जगरनाथपुर गाउँपालिकाका १६ वर्षदेखि ४४ वर्ष सम्मका १ महिलासहित १५ जना संक्रमित भएका छन्।

त्यसैगरी धुलिखेलको रिपोर्ट अनुसार कलैया अस्पताल बाराबाट संकलित नमूनामध्ये ३ महिलासहित १३ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मदनकुमार उपाध्यायले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell