काठमाडौं: नेकपा सचिवालय बैठक सुरु भएको छ। बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
विवाद सुल्झाउन बनेको कार्यदललाई अनुमोदन गर्न बैठक बसेको नेताहरु बताउँछन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ सदस्यीय कार्यदल बनाएका छन्। जसमा ओली प्रचण्ड र नेपाल समूहका दुई दुई सदस्य छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने माग सम्बोधन बैठक डाकिएको हो। यसअघि साउन ३ गते सचिवालय बसेको थियो।
