PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

तस्करीको ११ क्वीन्टल केराउसहित ट्याक्टर नियन्त्रणमा



पहिलोपोस्ट

तस्करीको ११ क्वीन्टल केराउसहित ट्याक्टर नियन्त्रणमा

वीरगंज : बारा प्रहरीले ११ क्वीन्टल केराउ बोकेको एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। भारततर्फ तस्करी गर्न लागिएको भन्दै इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले बारा, फेटा गापा १ रजवटीयबाट भारततर्फ गइरहेको ना ६ त ४८१८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

ट्याक्टरमा ६० हजार मूल्य बराबरको केराउ तस्करी गर्न लागिएको सूचनाका अधारमा ट्र्याक्टरलाई रोकेको हो। लगत्तै चालक फरार भए। तस्करीको सामाग्री हाल आवश्यक अनुसन्धानका लागि वीरगंज भंसार पठाइएको बारा प्रहरीका प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए।

लकडाउन अवधिमा रातको समयमा सुरक्षाकर्मी सुस्त हुदाँ केराउ छोकडा, मरिचलगायतको तस्करी हुँदै आएको छ। बारा प्रहरीले साउन महिनाभर २५ किलो २ सय ग्राम चाँदी, अवैध सवारी साधन ९ वटा, लत्ताकपडा तथा खद्यान्न सामाग्री गरी कुल २७ लाख ९२ हजार मूल्य बराबरको समान बरामद गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell