PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सचिवालय बैठकलगतै बालुवाटार पुगे देउवा, ओलीसँगै प्रचण्ड पनि छलफलमा



कुञ्जरमणि भट्टराई

सचिवालय बैठकलगतै बालुवाटार पुगे देउवा, ओलीसँगै प्रचण्ड पनि छलफलमा
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएलगतै प्रधामन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थालेका छन्।

बालुवाटारमा ओली, प्रचण्ड र देउवा बीच छलफल भइरहेको छ। केही बेरअघि मात्रै सचिवालय बैठकले नेकपाको विवाद समाधनका लागि गठित कार्यदल अनुमोदन गरेको थियो।

तीन जना नेताहरुबीच विभिन्न संवैधानिक निकयमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ। तीन नेताको छलफलमा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि सहभागी छन्। नेकपाको विवाद समाधान उन्मुख देखिएसँगै ओलीले मन्त्रिमण्डल पुनर्गठन तथा मुख्यमन्त्री हेरफेरको तयारी थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell