PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

निषेधाज्ञापछि सुनसान देखियो वीरेन्द्रनगर

निषेधाज्ञापछि सुनसान देखियो वीरेन्द्रनगर

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि पाँच दिनका लागि निषेधाज्ञा गरिएको छ। सोमवारदेखि लागूभएको निषेधाज्ञा जारी गरिएपछि वीरेन्द्रनगर सुनसान बनेको छ।

निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गरेको छ।

संक्रमितको दर बढ्दै र चाडपर्वमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको वेवास्ता भई भिडभाड, भेला हुने भएकाले सोमवारदेखि भदौ पाँच गते राति १२ बजेसम्मका लागि सुर्खेतमा निषेधाज्ञा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्य क्षेत्र पूर्णरुपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ। स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसायबाहेक सवै बन्द छन्।

एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य र कुटनीतिक नियोगका सवारी साधनहरु र अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारीहरु कुनै अवरोधविना चल्ने छन्। यस्तै, धार्मिक, सांस्कृति, सामाजिकलगायत कुनै पनि कार्यमा १५ जनाभन्दा बढीको जमघट तथा भेला नहुन समेत आग्रह गरेको छ। स्थानीय प्रशासनको आदेश बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell