PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नेपाल भारत ओभरसाइट मेकानिज्मको बैठक सम्पन्न



पहिलोपोस्ट

 नेपाल भारत ओभरसाइट मेकानिज्मको बैठक सम्पन्न
Photo: MOFA

 काठमाडौं : नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिज्म)को ८ औं बैठक काठमाडौंमा सम्पन्न भएको छ।

नेपालका तर्फबाट परराष्ट्र सचिव संकरदाश बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्र नेतृत्वको टोलीबीच भिडियो कन्फ्रेन्स मार्फत् वार्ता भएको भएको हो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि संयन्त्र गठन भएको  थियो। बैठकमा यसअघि २०१९ जुलाइ ८ मा भएको बैठकपछिका उपलब्धिका बारेमा समीक्षा भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरे अनुसार ४६ हजार ३०१ घर निर्माण भएको त्यस्तै होतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइन, विराटनगरको इन्टिग्रेटेड चेकपोस्टलगायतका विषयमा भारतीय राजदूत क्वात्राले बताएका थिए। बैठकमा नेपाल पक्षले कोभिड-१९ को समयमा भारतले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिएको थियो।

पछिल्लो समय दुई देशबीच सीमा विवाद उत्कर्षमा रहेका बेला एक वर्ष पछि भएको संयन्त्रको बैठकलाई भारतीय मिडियाहरुले प्राथमिकतासाथ प्रकाशित गरेका थिए।

यद्यपि, यो बैठक सीमा विवाद भन्दा पनि परियोजनाकै बारेमा केन्द्रित रह्यो। 'यो विशुद्ध संयन्त्रको बैठक हो। संयन्त्रको म्यान्डेट भनेको भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको प्रगती समिक्षा गर्दै कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्दै समस्या समाधान गर्ने हो,' परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले भने, 'कार्यक्षेत्र भन्दा बाहिरको विषयमा छलफल हुने कुरा नै भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell