PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सुदूरपश्चिममा बैंकका एक कर्मचारीसहित थप ४ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

सुदूरपश्चिममा बैंकका एक कर्मचारीसहित थप ४ जनामा कोरोना पुष्टि

कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप चार जनामा कोभिड १९ को संक्रमित पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका दुईसहित थप चार जनामा संक्रमण देखिएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय पुरुष र वडा नम्वर १९ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको हो।

२६ बर्षीय पुरुष धनगढीको चौराह नजिक रहेको ग्लोबल आइएमएई बैंक शाखामा कर्यरत कर्मचारी हुन्।

यस्तै कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर १२ का ४० बर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ का ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell