PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रातो मछिन्द्रनाथमा पूजा गर्नेको भिड, रथजात्रा नभएपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगे



पहिलोपोस्ट

रातो मछिन्द्रनाथमा पूजा गर्नेको भिड, रथजात्रा नभएपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगे
फाइल फोटो : गत साउन १० गते रातो मछिन्द्रनाथको रथारोहण गरिएको क्षण।

काठमाडौं: कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगेर पूजाआजा गरेका छन्।

साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो। रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ। तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकाल्न सकिएको छैन।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमिको दिन परेको थियो। सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो। तर पनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन्। यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ।

कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागी हुन नदिई राथजात्रा गराउने भनिएको थियो। तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell