काठमाडौं : डिजी स्कुलले विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर परीक्षण दिने भएको छ। शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा पचास हजार विद्यार्थीलाई परीक्षण दिने अभियान सुरु गरेको हो।
बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एन.सी.सी एजुकेसनले विद्यालय तहको लागि कोर्ष तयार गरेको हो। हालसम्म नेपालका करिब ५० बढी विद्यालयले डिजी स्कुलको कम्प्युटर पाठ्यक्रम अनलाइन कक्षामार्फत् पढाउँदै आएका छन्।
डिजी स्कुलले नि:शुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरुलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित बिद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ।
कोभिड–१९ को महामारीको अवस्थामा डिजी स्कुलले कम्प्युटर कोर्षको भिडियो कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परीक्षाको ब्यवस्थापन सबै अनलाइनबाटै गरेको छ। विद्यार्थीहरुले प्रत्येक पाठ्यक्रम पुरा गरे बापत प्रमाणपत्र प्राप्त गर्नेछन्।
डिजी स्कुलका संस्थापक एवम् सिइओ बिज्ञान श्रेष्ठ भन्छन्- 'यो समय प्रविधिको हो। कम्प्युटर सीप आधारभूत बनाउनुपर्दछ, अर्थात् स्कूलको स्तरबाटै। आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका छन्। नेपालका स्कुलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट वञ्चित हुनु हुँदैन।' डिजी स्कुलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कूल स्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेको श्रेष्ठले बताए।
यद्यपि प्राय जसो विद्यालयहरू चुनौती र कठिनाइहरूको सामना गर्दै पाठ्यक्रम वितरण गर्न शिक्षकहरू समेत खोजिरहेका छन्। कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन्। केही विद्यालयसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन्। त्यसैले प्रविधिको सदुपयोग गरि वेबसाइटमा लग इन गरेर डिजी स्कुलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन्।
विद्यार्थीले विद्यालय तहमै वेबसाइट र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठले बताए। सिपमुखी पढाइ भएकाले आइटी अध्यन गर्नेहरु स्वरोजगार बन्ने र इन्टरनेटले पुरै बिश्व एउटा गाउँ बनाएको समयमा घरबाटै देश बिदेशको विभिन्न काम गर्न सक्ने श्रेष्ठको भनाइ छ।
अनलाइन भएकाले डिजी स्कुल विश्वव्यापी अभियान हो। विदेशमा रहेका नेपाली बालबच्चालाई समेत आवद्ध गराउन सुरु गरिएको श्रेष्ठले बताए। अस्ट्रेलिया, अमेरिका, युके, दुबई, मलेसिया लगायत देशमा बसोबास गरिरहेका अभिभावकहरूले पनि डिजी स्कुलको पाठ्यक्रममा भर्ना हुन सक्छन् र उनीहरूलाई पाउनु पर्ने उत्तम आईटी शिक्षा दिन सक्ने डिजी स्कुलका सह–संस्थापक घनश्याम घिमिरले बताए।
डिजी स्कुल मार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवम विद्यार्थीले डिजी स्कुलको वेबसाइट
(digischoolglobal.com/register) मा गएर आफ्नो जानकारीसहित दर्ता गर्न सक्नेछन्। इमेल [email protected] मार्फत पनि सहभागी हुन सक्छन्।
