PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

संक्रमितसँग सम्पर्कमा आउँदा राष्ट्र बैंकका गभर्नर शुक्रवारदेखि 'आइसोलेसन'मा



पहिलोपोस्ट

संक्रमितसँग सम्पर्कमा आउँदा राष्ट्र बैंकका गभर्नर शुक्रवारदेखि 'आइसोलेसन'मा

काठमाडौं : कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'आइसोलेसन' मा बसेका छन्।

उनी शुक्रबारवाट आइसोलेसनमा बसेका हुन्। गभर्नर अधिकारी घरमै आइसोलेसनमा बसेर काम गरिरहेका छन्। 

गभर्नरलाई प्रतिवेदन बुझाउन आएका एक इन्जिनियरलाई संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्। 

संक्रमितसँग सम्पर्कमा आउनुअघि पनि राष्ट्र बैंकका गभर्नरसहित अधिकांश कर्मचारीहरुको कोरोना संक्रमण परीक्षण भइसकेको थियो। 

संक्रमितसँग सम्पर्कमा आएपछि स्वेच्छिक रूपमा आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको गभर्नर अधिकारीले बताए। उनले राष्ट्र बैंकको आफ्नै नियम र कोभिड मापदण्ड अनुसार आइसोलेसनमा बसेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell