PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

विराटनगरका २९ जनासहित प्रदेश १ मा थपिए ८३ जना कोरोना संक्रमित



फूलमाया पुरी

विराटनगरका २९ जनासहित प्रदेश १ मा थपिए ८३ जना कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा सोमवार ८३ जना कोरोना(कोभिड-१९) संक्रमित थपिएका छन्।

मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये १३ महिला र १६ पुरुष रहेका छन्।

त्यस्तै बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन्। त्यस्तै कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट पनि १ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell