PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

१८ महिने नाबालकसहित कर्णालीमा थप १४ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

१८ महिने नाबालकसहित कर्णालीमा थप १४ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : कर्णाली प्रदेशमा थप १४ जना कोभिड-१९ का संक्रमितको पहिचान भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत बसपार्कबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा सुर्खेत वीरेन्द्रनगरका १८ महिने शिशुसहित एक महिला र पाँच पुरुष समेत छन्।

त्यस्तै धनुषाका १ जना, र भरत तनुहवाका २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेतमै भएको परीक्षणका क्रममा सल्यान बनगाड कुपिन्डेका १ पुरुषमा पनि संक्रमण पहिचान भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा जुम्लाका ३ र दैलेख अस्पतालमा भएको परीक्षणमा दैलेख दुल्लु नगरपालिकाका २८ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णालीमा दुई हजार ८१ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना उपचार पछि डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या एक हजार ९२८ पुगेको छ।

हाल कर्णाली प्रदेशमा एक्टिभ केस १४७ पुगेको छ। जसमध्ये ११६ जना संक्रमित आइसोलेसन सेन्टर तथा केही होम आइसोलेसन र केही आइसोलेसनमा लैजाने क्रममा रहेको मन्त्रालयले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell