काठमाडौं : काठमाडौं उपत्यकामा १६८ जना कोरोना(कोभिड-१९) संक्रमित थपिएका छन्। एपीएफ अस्पतालको ल्याबमा काठमाडौंका ६, विध ल्याबमा काठमाडौंका ६ ललितपुरमा १ र भक्तपुरका पनि एक जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीर अस्पतालमा काठमाडौंका ११, धुलिखेल अस्पतलमा काठमाडौंका २, ह्याम्समा अस्पतालको ल्याबमा भक्तपुर ३ र काठमाडौंका १६ जनामा संक्रमण देखिएको गौतमले बताए।
काठमाडौं मेडिकल कलेजमा भक्तपुर १, काठमाडौं ४ र ललितपुरका १ जनामा संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा १, काठमाडौंमा २० र ललितपुरमा ३ जना संक्रमित पहिचान भएका छन्। वीरेन्द्र सैनिक अस्पतालमा भएको परीक्षणमा काठमाडौंकै ७ जना संक्रमित पहिचान भएका छन्।
प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा काठमाडौंका २, सूरिया ल्याब काठमाडौंमा भक्तपुरका १ र काठमाडौंका १ जनामा संक्रमण देखिएको छ।
स्टार अस्पतालको ल्याबमा भक्तपुरका २, काठमाडौंका ७ र ललितपुरका ३ जनामा संक्रमण देखिएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भक्तपुरका २ काठमाडौंका २० र ललितपुरका ४ जनामा संक्रमण देखिएको छ।
त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका १, काठमाडौंका ११, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १७ र ललितपुरका १ जनामा संक्रमण देखिएको छ।
नेपाल कोरिया अस्पतालमा भक्तपुरका २, काठमाडौंका ९ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।
जम्मा ५ सय ८१ जनामा सोमबार कोभिड १९ संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको ११ हजार ५ सय २० जनाको पीसीआरमा ५ सय ८१ लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
