PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु



रासस

फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु

रुपन्देही : फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता बैदवारले बताए।

यसैबीच, प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ।

ऐरावती गाउँपालिका वडा नम्बर २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख  नरेन्द्रकुमार कार्कीले बताए।

थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell