PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राखेपका नवनियुक्त सदस्यहरुले गरे शपथ ग्रहण



पहिलोपोस्ट

राखेपका नवनियुक्त सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त छ जना सदस्यले सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईले खेलकुद मन्त्री जगतबहादुर सुनारसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। खेलकुद मन्त्रालयले उनीहरुलाई साउन १५ गते राखेपको सदस्यमा मनोनित गरेको थियो।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केहि समय राखेपका कार्यवाहक सदस्य सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सह-सचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell