PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

चित्तल मार्ने दुई जना पक्राउ



पहिलोपोस्ट

चित्तल मार्ने दुई जना पक्राउ

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा चित्तलसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र  २१ वर्षीय विकास राई रहेका छन्। राई भोजपुर बलगाउँ ५ का रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित हरियाली सामुदायिक बनमा पासो थापेर चित्तल मारेका थिए।

अन्दाजी ३ बर्षको पोथिजातको चित्तल मारेर लैजादै गरेको अवस्थामा बनका कर्मचारी तथा इप्रका पथरीबाट खटिएको संयुक्त गस्ती टोलीले फेला पारेको हो।

प्रहरीले मारेको चित्तलसहित पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीको लागि सव डिभिजन कार्यालय पथरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell