PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नालीमा डुबेर मोरङमा एक जनाको मृत्यु



पहिलोपोस्ट

नालीमा डुबेर मोरङमा एक जनाको मृत्यु

विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा आज एक जनाको नालीमा डुबेर मृत्यु भएको छ।

धनपालथान गाउँपालिका वडा नम्बर ६ बस्ने मानसिक सन्तुलन गुमाएका ४५ वर्षीय उमेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार मृतक आफ्नै घरबाट ५ सय मिटर पश्चिममा रहेको सडक छेउको नालीमा डुबेको अवस्थामा गाउँलेले फेला पारेका थिए।

घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका रंगेलीबाट प्रहरी टोली खटिएको छ। टोलीले कानुनी प्रकृया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell