PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु



पहिलोपोस्ट

धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु

जनकपुरधाम : धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–९ डाँडाटोल बस्ने ३४ वर्षीय राम अशिष दासको कुवामा डुबेर मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेका दास सोमवार दिउँसो कुवाभित्र पसेको र बाहिर निस्कन नसक्दा केहीबेरमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell