PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

कोरोना नियन्त्रणमा सरकार संवेदनशील नदेखिएको भन्दै कांग्रेसद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध



रासस

कोरोना नियन्त्रणमा सरकार संवेदनशील नदेखिएको भन्दै कांग्रेसद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध
फाइल फोटो (रासस)।

गण्डकी : गण्डकी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ।

सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। त्यस्तै कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ।

यसअघि आइतवार पनि सोही विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गराएको थियो। आजको बैठक शुरु हुनासाथ कांग्रेसका प्रदेश सभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटकपटक बस्न आग्रह गरेका थिए।

बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते दिउँसो १ बजे सम्मका लागि स्थगन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell