PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

सोलुखुम्बुबाट दुई सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार



रासस

सोलुखुम्बुबाट दुई सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
फाइल फोटो।

सोलुखुम्बु : सोलुखुम्बुबाट सोमबार एकै दिन दुई जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नेचासल्यान गाउँपालिका वडा नम्बर १ र खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ बाट एक/एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीका अनुसार नेचासल्यान-१ की २५ वर्षीया मनिषा तामाङको शिशुको अवस्था अत्यन्त जटिल भएको तथा खुम्बु पासाङल्हामु-२ की ३५ वर्षीया कामिनी तामाङको स्वास्थ्य समस्या देखिएपछि उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो।

दुवै महिलालाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिषाको सामान्यावस्था भए पनि शिशुलाई भने कृत्रिम श्वास दिएर बचाइएको स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा अभिषेक सुमनले बताए।

शिशुको अवस्था अति जटिल भई तत्काल सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने भएकाले कान्ति बाल अस्पताल काठमाडौं लगिएको छ। यस्तै खुम्बु पासाङल्हामुबाट उद्धार गरिएकी महिलाको भने प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell