PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

मलामी गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता



रासस

मलामी गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता

कञ्चनपुर : मलामी गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका-९ बस्ने आफन्तको आज मलामी गएका वेदकोट नगरपालिका-७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन्।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको बहाबमा परी बगेका हुन्। ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

बिहान करिब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell