PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

शख्तरमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा



पहिलोपोस्ट

शख्तरमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा

युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा शख्तर डोनेट्स्कमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। रोमेलु लुकाकु प्रेरित इन्टरले उनको दुई गोलको सहायतामा ५-० को फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

खेलको १९ औं मिनेटमा लउतारो मार्टिनेटको गोलमा अग्रता बनाएको इन्टर पहिलो हाफमा १-० ले अघि रह्यो। दोस्रो हाफमा डानिलो डी एम्ब्रोसियोले गोल थपे। उनले ६४ औं मिनेटमा गोल गर्दा ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा मार्टिनेजले नै गोल फेरि गोल थपे। त्यस्तै लुकाकुले ७८ औं र ८३ औं मिनेटमा गोल गर्दा सख्तरमाथि ५-० को फराकिलो जित निकाल्दै इन्टर युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो। युरोपा लिगको सेमिफाइनलमा भएको यो सबैभन्दा फराकिलो जित हो।

इन्टरले अब फाइनलमा सेभियाको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell