PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डेथ भ्यालीमा चर्को गर्मी, रेकर्ड भयो ५४.४ सेल्सियस



पहिलोपोस्ट

डेथ भ्यालीमा चर्को गर्मी, रेकर्ड भयो ५४.४ सेल्सियस
गिट्टी इमेज

पृथ्वीमा सबैभन्दा धेरै तापक्रम मापन भएको छ। अमेरिकाको डेथ भ्याली नेसनल पार्कमा ५४.४ सेल्सियस तापक्रम मापन भएको छ जसलाई बीबीसीले पृथ्वीको अहिलेसम्मकै उच्च तापक्रम भएको जनाएको छ।

यो तापमानलाई अमेरिकाको नेसनल वेदर सर्भिसले पुष्टि गरेको हो। अमेरिकाको पश्चिमी तटको यस क्षेत्रमा तापक्रम यस साता अझै माथि जाने बताइएको छ। बढ्दो तापक्रमले यहाँक जनजीवन प्रभावित पारेको छ। त्यसमाथि क्यालिफोर्नियामा बिजुली आपूर्ति अवरुद्ध भएको थियो।

'यहाँ असह्यै तापक्रम बढेको छ,' डेथ भ्याली नेसनल पार्कमा कार्यरत ब्रान्डी स्टेवार्डले भनिन्। उनी यहाँ पाँच वर्षका लागि कार्यरत छिन्। यो महिनामा उनी धेरैजसो घरभित्रै बस्छिन् किनकि बाहिर निस्किन सजिलो छैन।

'जब तपाई बाहिर निस्किनु हुन्छ तपाईँको कपालमा हेयर ड्रायरले हावा दिएजस्तो सबै शरीरमा अनुभूति हुन्छ,' उनले भनिन्।

डेथ भ्यालीको भर्निस क्रिकमा यो तापक्रम लिइएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा नै ५४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। डेथ भ्याली र ट्युनिसियामा सन् १९३१ मा रेकर्ड गरिएको तापक्रमलाई पनि प्रमाणिक मानिएको छैन किनभने त्यसमा मापदण्डमाथि प्रश्न उठेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell