काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तीन जिल्लाका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। कास्कीको पोखरा महानगरपालिकामा एक महिलासहित ४ जनामा कोरोना देखिएको छ। त्यस्तै बाग्लुङको बरेङ गाउँपालिकामा २ जना र नवलपुरको कावासोतीमा दुई जनामा कोरोना देखिएको हो।
बाग्लुङमा कोरोना पुष्टि भएका एक जना भने ६ वर्षीय बालक रहेका छन्। संक्रमितलाई सम्बन्धि जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देश डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १ हजार ७ सय ६४ पुगेको छ।
